नियम १९
वचतको वितरण
(१) संस्था वा संघको कुनै वर्षको खुद वचतबाट ऐनको दफा २७ को उपदफा (१) मा लेखिए बमोजिमको रकम जगेडा कोषमा जम्मा गरी बाकी रहन आएको रकममध्येबाट देहायका कोषहरू खडा गर्न सकिनेछ :–
(क) शेयर लाभांश कोष,
(ख) संरक्षित कोष,
(ग) कर्मचारी वोनस कोष,
(घ) सहकारी शिक्षा कोष,
(ङ) सहकारी विकास कोष,
(च) घाटा पूर्ति कोष,
(२) उपनियम (१) बमोजिम खडा गरिने कोषहरूमा जम्मा हुने रकमको हद समय–समयमा समितिले तोकिदिए बमोजिम हुनेछ ।
(३) उपनियम (१) बमोजिम खडा गरिएका कोषको रकम छुट्टा छुट्टै खातामा राख्नु पर्नेछ र त्यस्तो कोषको संचालन समितिले तोकिदिए बमोजिम हुनेछ ।